logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा नेपाल प्रहरीका २६२ जनाकाे एकसाथ बढुवा


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा कार्यरत नेपाल प्रहरीका २६२ जनाकाे एकसाथ बढुवा भएकाे छ ।

१८ जना प्रहरी नायब निरीक्षक(सई) प्रहरी वरिष्ठ नायब निरीक्षक(प्रवनानी) मा बढुवा भएका छन् भने हबल्दारबाट ६५ जना प्रहरी वरिष्ठ हबल्दारमा बढुवा भएका छन् । त्यस्तै १७९ जना प्रहरी जवान सहायक हबल्दारमा बढुवा भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।

वरिष्ठ हबल्दार र सहायक हबल्दारमा बढुवा भएकाहरुलाई कार्यरत युनिटमै युनिट ईन्चार्जले बिल्ला लगाईदिएका थिए भने प्रवनानीमा बढुवा भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा प्रहरी उपरीक्षक प्रविण पाेखरेलले फुली थपिदिएका थिए । नेपाल प्रहरीमा केही समयअघि मात्र तीनवटा तारा फुली रहने वरिष्ठ सई सहित वरिष्ठ हबल्दार र सहायक हबल्दार पद श्रृजना गरेकाे थियाे ।

फाेटाे क्याप्सन : सईबाट वरिष्ठ सईमा बढुवा भएर फुली थपिएपछि जिल्ला प्रहरी कार्यालयमा सामुहिक तस्बिर खिचाउँदै जुनियर प्रहरी अधिकृतहरु । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)