मलंगवा – लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) सर्लाहीको जिल्ला कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
विहिबार दिउँसो सदरमुकाम मलंगवा स्थित पार्टी कार्यालयमा जिल्ला अध्यक्ष राम प्रसाद यादवको अध्यक्षता एवं मधेस प्रदेश समिति अध्यक्ष लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै बैठक बसेको सो पार्टीका नेता सुनिल कुमार साहले जानकारी दिएका छन् । बैठकले आगामी चुनावमा स्थानीयस्तरमा गठवन्धन गर्ने अधिकार जिल्लाका नेताहरुलाई नै दिने र त्यसमा केन्द्रले कुनै किसिमको हस्तक्षेप नगर्ने निर्णय भएको बताईएको छ ।