logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाही सदरमुकाम मलंगवामा गाेली चल्याे, एक युवक घाईते अवस्थामा फेला


  • उज्यालो अभियान

मलंगवा अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका भारतीय नागरिक ईन्दल महतो ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा अहिले साँझ गाेली चलेकाे छ ।

बुधबार साँझ साँढे ७ बजेतिर मलंगवा नगरपालिका-९, कृष्णामति माविकाे कम्पाउण्ड पूर्व रिङराेड नजिक गाेली चलेकाे हाे । घटनास्थलमा गाेली लागेर घाईते अवस्थामा एक युवक फेला परेका छन् । ३० वर्षका जस्ता देखिने घाईतेकाे सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

घटनाबारे अनुसन्धान भईरहेकाे उल्लेख गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले घाईतेकाे पहिचान खुलिनसकेकाे र गाेली कसले चलायाे भन्ने विवरण नआईसकेकाे जानकारी दिए । ´घटना केहीबेर अघिमात्र भएकाे हाे, अहिले हामी घटनाबारे गम्भीर ढंगले अनुसन्धान गरिरहेका छाैं, घटनास्थलमा अनुसन्धान टाेली परिचालन भईसकेकाे छ, उनले उज्यालाे अभियानसँग भने, ´विस्तृत विवरण आउन केही समय लाग्ने छ । युवकलाई शरिरका कुन कुन भागमा गाेली लागेकाे भन्ने बारेपनि बाहिर आईसकेकाे छैन । उपचार चलिरहेकाे र युवक अचेत भएकाले थप विवरणहरु आउन नसकेकाे प्रहरी स्राेतले जनायाे । उनलाई गाेलीमात्रै लागेकाे हाे कि अन्य हतियारले पनि आक्रमण भएकाे हाे खुलिसकेकाे छैन । स्थानीयले उनी भारतीय नागरीक हुन सक्ने अनुमान गरेका छन् ।

फाेटाे क्याप्सन : मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचाररत घाईते युवक । (तस्बिर : उज्यालाे अभियान)