मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेल हाजिर भएका छन् ।
प्रहरी प्रधान कार्यालय मातहत रहेको योजना तथा अन्वेषण शाखाबाट काजमा खटिएका पोखरेल आईतबार साँझ सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय हाजिर भएका हुन् । उनलाई कार्यालयमा सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद बुढाथोकीसहित अन्य प्रहरी अधिकृत र प्रहरी कर्मचारीले स्वागत गरेका छन् । एसपी पोखरेलले जिल्ला प्रहरी प्रमुखको कार्यभार समेत आईतबार साँझ नै सम्हालेका छन् ।
प्रहरी प्रधान कार्यालयले गत बुधबार सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईको पाँच महिनामै योजना तथा अन्वेषण शाखा काज सरुवा गरी त्यहीँ कार्यरत एसपी पोखरेललाई सर्लाहीमा काज सरुवा गरेको थियो ।
फाेटाे क्याप्सन : जिल्ला प्रहरी कार्यालय मलंगवा स्थित कार्यकक्षमा आईतबार साँझ कार्यभार सम्हाल्दै एसपी प्रविण पाेखरेल । (तस्बिर : सामाजिक संजाल)