नयाँराेड – ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले मानव सेवा सहयोगको कार्यक्रम गरेको छ ।
संस्थाले हरिवन नगरपालिका अन्तर्गत नयाँरोडमा रहेको मानव सेवा आश्रमलाई आइतबार नगद १० हजार सहयोग गरेको हो । संस्थाको हरेक आर्थिक वर्ष तीन वटा मानवीय सेवा गर्ने योजना अनुरुप यस वर्षको दोश्रो कार्य सहकारी दिवसको अवसर पारेर मानव सेवाश्रममा सहयोग गरिएको संस्थाका अध्यक्ष वेनी वहादुर कार्कीले जानकारी दिए ।
संस्थाका अध्यक्ष कार्कीसहित उपाध्यक्ष वाल्मीकि सिंह, सचिव वेचु प्रसाद तिमलसिना, कोषाध्यक्ष विष्णुहरि मैनाली, संचालक सदस्य रामजी गिरी, व्यवस्थापक विनोद कुमार थापा र लेखा सहायक शेखर वहादुर लामाले मानव सेवाश्रममै गई नगद १० हजार हस्तान्तण गरेका हुन् ।
फोटो क्याप्सन : मानव सेवाश्रममा आर्थिक सहयोग गरिँदै । (तस्बीर : उज्यालो अभियान)