logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सगुन उत्कृष्ट सहकारीकाे रुपमा सम्मानित


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका-११, हरिवन बजारमा प्रधान कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्था सर्लाही जिल्लाभरकै उत्कृष्ट सहकारीकाे रुपमा सम्मानित भएको छ ।

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबार ६५ औँ सहकारी दिवसको अवसर पारेर सगुनलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको हो । सहाकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सर्लाही जिल्लाभरी उत्कृष्ट काम गरेबापत जनकपुरमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले सगुनका अध्यक्ष केशव ढकाललाई प्रशंसा-पत्र प्रदान गर्दै सम्मान गरेका छन् । सगुन यसअघि मधेश प्रदेशकै उत्कृष्ट सहकारीकाे रुपमा समेत सम्मानित भईसकेकाे छ ।

यसैबिच ६५ औँ सहकारी दिवसको अवसरमा हरिवन सहकारी नगर संजालले रक्तदान कार्यक्रम गरेको छ । सहकारी दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा १० जना महिला र १५ जना पुरुष गरी जम्मा २५ जनाले रक्तदान गरेका संजालका नगर अध्यक्ष राम प्रसाद घिमिरेले जानकारी दिए । ६५ औँ सहकारी दिवसका अवसरमा आइतबार सर्लाहीका विभिन्न सहकारी संस्थाहरुले सामाजिक कामहरु सम्पन्न गरेका छन् ।

फोटो क्याप्सन : प्रदेश सरकारको तर्फबाट सगुन सहकारीका अध्यक्ष केशव ढकाल सहित पदाधिकारीलाई सम्मान-पत्र प्रदान गरिँदै । (तस्बीर : उज्यालो अभियान)