logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवन नगरपालिकाले दियाे मानव सेवा आश्रमलाई साँढे ९ लाख रूपैंया


  • उज्यालो अभियान

हरिवन – हरिवन नगरपालिका कार्यालयले मानव सेवा आश्रमलाई ९ लाख ५८ हजार ९७४ रुपैंया प्रदान गरेकाे छ ।

हरिवनकाे नयाँराेडमा संचालनमा रहेकाे आश्रमलाई नगरपालिकाका प्रमुख गणेश प्रसाईंले नगद सहयाेग प्रदान गरेका हुन् । उनले शुक्रबार आश्रमकी सम्झना अधिकारीलाई नगद सहयाेग हस्तान्तरण गरे । नगरपालिकाले आश्रमका लागि १० लाख रूपैंया छुट्टयाएपनि करकट्टी गर्दा त्यति रकम प्राप्त गरेकाे हाे ।

नगद सहयाेग हस्तान्तरण कार्यक्रममा हरिवन नगरपालिकाकी उप-प्रमुख रेणुका पाैडेलज्यु, सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, हरिवन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सिताराम पाेखरेल, हरिवन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान लगायतकाे उपस्थिती रहेकाे थियाे । मधेश प्रदेश स्तरीय आश्रममा विभिन्न जिल्लाका ६० जना भन्दा बढी अभिभावकविहिन सडक मानव, बेसहारा लगायतलाई आश्रय दिएर राखिएकाे छ ।

फाेटाे क्याप्सन : आश्रमकी सम्झना अधिकारीलाई सहयाेग हस्तान्तरण गर्दै मेयर गणेश प्रसाईं तथा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालाे अभियान)