logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीकाे व्यापारिक कम्प्लेक्स भवन उद्घाटन्


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी बजारमा निर्माण भएकाे व्यापारिक कम्प्लेक्स भवनकाे उद्घाटन गरिएकाे छ ।

लालबन्दी नगरपालिका-७ मा निर्माण भएको उक्त भवनको लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्काले शुक्रबार एक समाराेहबीच उद्घाटन गरेका हुन् । नगर विकास कोषको ऋण लगानीमा लालबन्दी नगरपालिकाले ठेक्का लगाएर भवन निर्माण सम्पन्न गरेकाे हाे ।

किराँतेश्वर/माण्टपुमरी(जेभी)ले १० करोडको लागतमा आव ०७५/०७६ बाट निर्माण सुरु गरेको व्यावसायीक भवनको अन्डरग्राउण्ड सहित ६ तल्ला र ५३ कोठा रहेको निर्माण कम्पनीका प्रतिनिधि पारस दाहालले बताए । नगर विकास कोषले लालबन्दी नगरपालिकालाई देशभरका नगरपालिकाहरु मध्य उत्कृष्ट भएको भन्दै नगद रु १ लाख सहित सम्मान समेत गरेको थियो । नगर विकास कोषले लगानी गरेका कामहरुमा नगरले उत्कृष्ट काम गरेको भन्दै नगर विकास कोषले सम्मान गरेको र यो भवन निर्माणको लागि ऋण लगानी गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताए । उनका अनुसार नगर विकास कोषले लगानी गरेका काममा उत्कृष्ट भएका नगरपालिकाहरुलाई नगर विकास कोषले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।

नव निर्मित भवन नगरपालिकाले ठेक्का मार्फत व्यवसाय गर्न दिने र त्यसबाट बार्षिक करिब २ करोड रुपैँया नगरपालिकाको आम्दानी हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब तिमल्सिनाले बताए । लालबन्दी बजारमा हालसम्म कुनै पनि व्यावसायीक ठुला भवन नरहेका र नगर विकास कोषले सहयोग गरेर निर्माण भएको भवनमा धेरै प्रकारका व्यापार व्यवसाय गर्न सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिमल्सिनाले बताएका छन् ।

फाेटाे क्याप्सन : लालबन्दीकाे तरकारी बजार छेउमा निर्माण भएकाे व्यापारिक कम्प्लेक्स भवन । (तस्बिर : उज्यालाे अभियान)