logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

एमाले सर्लाहीका नेताहरुले शपथ खाए


  • उज्यालो अभियान

लालबन्दी – नेपाल कम्युनिष्ट पार्टी एमाले सर्लाही जिल्ला कमिटिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिका-६ स्थित मदन आश्रीत भवनमा एमाले जिल्ला कमिटिको आयोजनामा शुक्रबार शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले सर्लाहीको आठाैं जिल्ला अधिवेशनमा निर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा पार्टीकी केन्द्रीय कमिटि सदस्य एवम् जिल्ला ईन्चार्ज कमलादेवी महतोको प्रमुख आतिथ्यता रहेको थियो । पार्टीका मधेश प्रदेश कमिटिका उपाध्यक्ष रेवती पन्तको सञ्चालन रहेको पार्टीको १३५ जना पदाधिकारी सहितको जिल्ला कमिटिको शपथ ग्रहण कार्यक्रममा जिल्लाकाे राजनैतिक विश्लेषणसहित निर्वाचन लक्षित कार्यक्रम २० वटै पालिकामा तिव्रताका साथ गर्ने, आसन्न आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनको सन्दर्भमा जितका लागि निर्वाचनमा जाने, पार्टीको केन्द्र र जिल्लाले तय गरेको मापदण्ड अनुसार विभिन्न तहका लागि उम्मेदवार सिफारिस गर्ने लगायतका निर्णय भएको छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य बद्री प्रसाद न्यौपाने, सविधान सभा सदस्य तथा केन्द्रीय सदस्य रन्जना सरकार, केन्द्रीय सदस्य कल्पना कटुवाल, मधेश प्रदेश कमिटिका अध्यक्ष रामऔतार यादव लगायतका नेताहरुको उपस्थिती रहेको पार्टीका जिल्ला कमिटि उपाध्यक्ष विदुर प्याकुरेलले जानकारी दिए ।

फोटो क्याप्सन : शपथ ग्रहण पश्चात् सामुहिक तस्बिर खिचाउँदै एमाले सर्लाहीका नेताहरु । (तस्बीर : उज्यालो अभियान)