मलंगवा – म्यादी प्रहरीमा भर्ना गराईदिन्छु भन्दै ठगी गर्ने एकजनालाई सर्लाही प्रहरीले पक्राउ गरेकाे छ ।
म्यादी प्रहरीमा भर्नामा पास गराई दिन्छु भन्दै ठगी गरेकाे आराेपमा सर्लाहीकै चन्द्रनगर गाउँपालिका-७ निवासी ३९ वर्षीय दिपेन्द्र चौधरीलाई शुक्रबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । आसन्न स्थानीय तह निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मलंगवाले छनाैट गरिरहेकाे म्यादी प्रहरी भर्नामा सहभागी हुन आएकालाई पास गराईदिन्छु भन्दै चाैधरीले ठगी गरेकाे प्रहरीकाे दाबी छ ।
अभियुक्त चाैधरीले म्यादीमा छनौटका लागि आएका एवं फेल भईसकेका व्यक्तिहरुलाई समेत पास गराईदिन्छु भन्दै झुटा आश्वासन दिएर ठगी गर्न खोजेकाे प्रहरीले जनायाे । अभियुक्त चाैधरीलाई जिल्ला अदालतबाट ७ दिनकाे म्याद लिएर अनुसन्धान अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।
फाेटाे क्याप्सन : ठगी आराेपमा पक्राउ परेका अभियुक्त दिपेन्द्र चाैधरी । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)