logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लुम्बिनी विकास बैंकद्वारा विद्यालयमा आर्थिक सहयोग


  • उज्यालो अभियान

चेक हस्तान्तरण कार्यक्रममा उपस्थित लुम्बिनी विकास बैंक र विद्यालयका प्रतिनिधिहरु ।(तस्बिर : उज्यालो अभियान)

लालबन्दी – लुम्बीनि विकास बैँक लिमिटेड, लालबन्दी शाखाले विहिबार एक विद्यालयका लागि आर्थिक सहयोग गरेको छ ।

लालबन्दी नगरपालिका ११, हिरापुरमा रहेको जनता आधारभूत विद्यालयलाई बैँकको लालबन्दी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको हो । विहिबार एक कार्यक्रमका बिच बैँकका मधेश प्रदेश कार्यालयका प्रमुख मोहनराज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्रको विकासको लागि पचाँस हजार रुपैँयाको चेक प्रदान गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटी, विद्यालयका भूतपूर्व विद्यालय व्यवस्थापक समितिका अध्यक्ष संग्राम सिंह गोले, वडा सदस्य उमेश महतो, विद्यालयका शिक्षक तथा विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।