logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीकाे नयाँ एसपीमा पाेखरेल आउँदै, प्रसाईंकाे प्रधान कार्यालय सरुवा


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंकाे काज सरुवा भएकाे छ ।

प्रसाईंकाे प्रहरी प्रधान कार्यालय मातहत रहेको योजना तथा अन्वेषण शाखामा सरुवा भएकाे हाे । प्रहरी प्रधान कार्यालयले सर्लाही प्रहरी प्रमुखमा भने साेही शाखामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई काज सरुवामा खटाएकाे छ ।

एसपी प्रसाईं गत कात्तिक पहिलो साता मात्र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सर्लाही प्रमुखकाे रुपमा काजमा खटिएका थिए । एसपी प्रसाईं भाेली विहिबार काठमाडाैंतर्फ लाग्ने भएका छन् । एसपी प्रसाईंले सर्लाही प्रहरी प्रमुख काे जिम्मेवारीमा आफूलाई उचित सल्लाह, सुझाव सहित समन्वयात्मक सहयाेग गर्ने सरकारी अधिकारी एवं राजनैतिक दलका नेता सहित गैर सरकारी क्षेत्रका व्यक्तित्वहरु प्रति आभार समेत प्रकट गरेका छन् । स्थानीय तहकाे निर्वाचनकाे तयारी लगायत कामहरुकाे चटाराे भएकाले नयाँ एसपी पाेखरेल पनि १-२ दिनमै सर्लाही आउने बताईएकाे छ ।

फाेटाे क्याप्सन : सर्लाहीबाट सरुवा भएका एसपी कृष्ण प्रसाईं (बायाँ) र नयाँ आउने एसपी प्रविण पाेखरेल (दायाँ) ।