logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीकाे कौडेना गाउँपालिकामा अख्तियारद्वारा छापा


  • उज्यालो अभियान

काैडेना – सर्लाहीको कौडेना गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको छ ।

आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले मंगलबार दिउँसाे दक्षिणी भारतीय सीमावर्ती क्षेत्र स्थित गाउँपालिका कार्यालयमा छापा मारेको हो । आर्थिक वर्ष २०७८/०७९ मा कोरोना भाइरसको संक्रमणका कारण अति प्रभावित विपन्न परिवारलाई आर्थिक सहायता रकम वितरण गर्दा हिनामिना भएको उजुरीका आधारमा गाउँपालिका कार्यालयमा अख्तियारकाे टाेलीले छापा मारेकाे बताईएकाे छ । अख्तियारकाे टाेलीे गाउँपालिका कार्यालयबाट आर्थिक सहायता वितरण सम्वन्धि सम्पूर्ण कागजात नियन्त्रणमा लिएर गएकाे छ ।

विपन्न परिवारलाई प्रति परिवार १० हजार रूपैंया नगदै वितरण गरिएकाे कागजात बनाईएपनि विपन्न परिवारहरुले आफूहरुले रकम नपाएकाे उजुरी दिएपछि अख्तियारकाे टाेलीले छानविनका लागि कागजात नियन्त्रणमा लिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास स्राेतले जनायाे ।