logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सशस्त्र प्रहरी निरीक्षकद्वय खड्का र कार्कीद्वारा वृद्धाश्रममा सहयोग


  • उज्यालो अभियान

वृद्धाश्रममा आश्रीत बालबालिकासँग तस्बिर खिचाउँदै सशस्त्र प्रहरी निरीक्षकद्वय दिपेन्द्र खड्का (दायाँ) र उमेश कार्की । (तस्बिर सौजन्य : सामाजिक संजाल)

जुटपानी – सशस्त्र प्रहरी बल अन्तर्गत सर्लाहीमा कार्यरत दुईजना सशस्त्र प्रहरी निरीक्षकले लालबन्दी नगरपालिकाको जुटपानी स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा विभिन्न सहयोग प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी निरीक्षकद्वय दिपेन्द्र खड्का र उमेश कार्कीले आश्रममा आश्रीत वृद्धवृद्धा लगायत गरी ४८ जनालाई कपडा प्रदान गरेका हुन् । उदयपुर घर भएका खड्का र ओखलढुंगा घर भएका कार्कीले कुर्था सुरुवाल र भेष्ट सुरुवाल सहयोग गरेको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । सशस्त्र प्रहरी निरीक्षकद्वय खड्का र कार्कीले आश्रमका बुवाआमाहरुलाई बेलुकाको खाना समेत खुवाएका थिए । सशस्त्र प्रहरी बलको विष्णु गाउँपालिकास्थित बोर्डर आउट पोष्ट (बीओपी) सीमरामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खड्का र मलंगवास्थित बीओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक कार्कीले सरकारी सेवामा प्रवेश गरेको १९ वर्ष पूरा भई २० वर्ष लागेको अवसरमा आश्रममा सहयोग गरेका हुन् । सहयोगी सशस्त्र प्रहरी निरीक्षकद्वयलाई आश्रमकी अध्यक्ष कोइरालाले धन्यवाद प्रकट गरिन् ।