logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीकाे फुलजाेर पुलबाट बस खस्दा ४ जनाकाे मृत्यु, ३ दर्जन बढी यात्रु घाईते


  • उज्यालो अभियान

सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सिमा फुलजोर खोलाको पुलबाट तल खसेको बस । (तस्बिर : उज्यालो अभियान)

फुलजाेर – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाही स्थित फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा ४ जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन बढी घाईते भएका छन् ।

मृतक ४ जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाईएकाे र घाईतेहरुकाे लालबन्दी र रानीगंज स्थित स्वास्थ्यकेन्द्रमा उपचार भईरहेकाे छ । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना. ४ ख ८५५५ नम्बरकाे यात्रुबस आईतबार बिहान सबा ११ बजे पुलबाट तल खसेकाे हाे । तत्काल घाईतेकाे उद्दार गरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाईतेकाे एकिन विवरण केही पछि मात्र आउने प्रहरीले जनाएकाे छ । बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेकाे बताईएपनि अनुसन्धान भईरहेकाे प्रहरीले जनायाे । सबै मृतक तथा घाईतेहरुकाे पहिचान समेत खुलिसकेकाे छैन ।

फाेटाे क्याप्सन : पुलबाट तल खसेकाे बस । (तस्बिर : उज्यालाे अभियान)