बागमती – नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्बासी संगठन सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न भएकाे छ ।
भेलाले अनेरास्ववियुका केन्द्रीय सदस्य हरिवन निवासी उत्तम परियारकाे संयाेजकत्वमा जिल्ला कमिटी गठन गरेकाे राजु लाेले जानकारी दिए । पार्टी संसदीय दलकी सचेतक एवं पोलिटब्यरो सदस्य तथा नेपाल भूमिहिन सुकुम्बासी संगठनकी केन्द्रीय अध्यक्ष शान्ता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष जित बहादुर गोले, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य राजकुमार उप्रेती, मधेस प्रदेश कमिटी सदस्य तथा अनेम संघकी केन्द्रीय सदस्य रिता मैनाली, एमाले जिल्ला अध्यक्ष राज नारायण साह, नेपाल भूमिहिन सुकुम्बासी संगठनका केन्द्रीय सदस्य सरस्वती सुब्बा, नेकपा एमालेकि नेतृ विवा नेपाल, मिना श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको थियो । भेला राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीको भवनमा सम्पन्न भएकाे हाे ।
फाेटाे क्याप्सन : भेलाका सहभागीहरु । (तस्बिर : उज्यालाे अभियान)