

मलंगवा – भारतका चर्चित हाँस्य कलाकार राजपाल यादव शनिबार सर्लाही सदरमुकाम मलंगवा आईपुगेका छन् । बिहान ११ बजे आउने भनिएपनि ४ घण्टा ढिलाे ३ बजेमात्र मलंगवा आईपुगेका हुन् ।

गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन यादव मलंगवा आएका हुन् । मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा महाधिवेशन उद्घाटन समाराेह भईरहेकाे छ । कलाकार यादवलाई आयाेजकले एकदमै ठूलाे फूलकाे माला लगाईदिएर स्वागत तथा सम्मान गरेका छन् । कलाकार यादवसँग सेल्फी खिच्नका लागि स्थानीय युवाहरु बीच तँछाडमछाड देखिएकाे छ । अन स्क्रिनमा मात्र देखिएका कलाकार यादवलाई प्रत्यक्ष हेर्न र सँगै फाेटाे खिचाउनेहरुकाे भिड लागेकाे हाे ।

उद्घाटन समाराेह साँझ अबेरसम्म चल्ने र राती अबेर हुने बन्दशत्रमार्फत गाेपाल सेवा समितिकाे केन्द्रीय नेतृत्व चयन गर्ने बताईएकाे छ ।
