चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किशनपुरमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य सहित अन्य पार्टीका दर्जनौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको दावी गरिएको छ ।
वडा नं १ का वडा सदस्य युगलकिशोर प्रसाद यादव माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वडा नं १ कमिटी ले जनाएको छ । नेपाली कांग्रेस वडा नं १ वडा कमिटीको आयोजना तथा वडा सभापति ईसा मंसुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य यादवसहित १२५ जना माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको दाबी गरिएको छ ।
क्षेत्र नं १ बाट निर्वाचित कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु, वडा सभापति मंसुर लगायतको सक्रियतामा वडा सदस्य यादव सहित सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नव प्रवेशी रामानन्द रायले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा पुर्व जिल्ला सभापति लक्षमण राय, क्षेत्रिय सभापति हरि बहादुर लुंगेली, महाधिवेशन प्रतिनिधिहरु जयहरी श्रेष्ठ, दिनेश मिश्र, प्रमोद कुमार बराल, योगराज देवकोटा, कांग्रेस ईश्वरपुर नगर सभापति बेचु प्रसाद तिमल्सिना, उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साह, पूर्व महाधिवेशन प्रतिनिधि विकाउ मंसुर, प्रदेश महाधिवेशन प्रतिनिधि महेन्द्र महतो, बन्तीलाल महरा, राशनारायण चौधरी, नेताहरू रामईश्वर महतो, बेचन महतो, राजेश राय लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
यसैबिच, नेकपा एकीकृत समाजवादीको चन्द्रनगर गाँउ कमिटिको विस्तारित भेला सम्पन्न भएको छ । भेलामा चन्द्रनगर गाँउपालिकाका माओवादीका पुराना नेता श्यामबाबु माझी पार्टी प्रवेश गरेको केन्द्रीय सदस्य तथा प्रदेश सांसद बेची लुंगेलीले जानकारी दिईन् ।
फोटो क्याप्सन : कार्यक्रममा उपस्थित कांग्रेस नेता एवं नवप्रवेशी नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)