हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा स्काउट पोशाक वितरण गरिएको छ ।
नेपाल स्काउट मधेश प्रदेशबाट प्राप्त स्काउट पोशाक श्री महादेव नमुना माध्यमिक विद्यालय, हरिवन-८ को प्रांगणमा एक कार्यक्रमको आयोजना गरी विरतण गरिएको हो । मधेश प्रदेशको तर्फबाट प्राप्त गरिएको ३२ सेट स्काउट पोशाक विद्यार्थीहरुको उपस्थितीमा बुधबार वितरण गरिएको स्काउटका प्रदेश सदस्य नारायण बहादुर कार्कीले जानकारी दिए ।
पोशाक वितरण कार्यक्रममा हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हरिवनका शिक्षा शाखा प्रमुख नवराज निरौला, विद्यालयका प्रधानाध्यापक जयशंकर सिंह, स्काउटका मधेश प्रदेश अधिकृत रन्जिता यादव, विद्यालयका विद्यार्थीलगायतको उपस्थिती रहेको थियो ।
फोटो क्याप्सन : स्काउट पोशाक वितरण कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)