logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा अनेमसंघको नगर भेला सम्पन्न


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा नेकपा एकीकृत समाजबादी निकट अखिल नेपाल महिला संघले बुधबार नगर भेला सम्पन्न गरेको छ ।

भेलामा संघकी जिल्ला अध्यक्ष रमा पौडेलले महिलाको बिस्तारित हरिवन नगर कमिटीलाई सपथ ग्रहण समेत गराएकी थिईन् । हरिवन नगरपालिकाले कार्यालय सहयोगी पदमा कार्यरत भिम कुमारी स्याङ्बोलाई पूर्बाग्रह राखेर हटाइएको भन्दै भेलाले खेद ब्यक्त गरेको छ । कार्यक्रममा भिम कुमारीलाई पुनर्बहाली गराउन अनेम संघकी नगर अध्यक्ष गिता घिसिङको नेतृत्वमा संघर्ष समिति समेत बनाइएको छ ।

त्यस्तै भेलाले महिलाको पक्षमा आबाज उठाउन तुलसा दाहालको नेतृत्वमा अन्याय बिरुद्ध महिला मञ्च समेत गठन गरेको नेकपा एकीकृत समाजबादी हरिवनका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए । कार्यक्रममा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, पार्टी नेताहरु धन मिक्चन, भरत कार्की, सरिता लोप्चन, पद्मा मोक्तान, लिलि घिसिङ, मनु आले, गंगा मैनाली, जुनि बिश्वकर्मा लगायतले महिला अधिकारको पक्षमा बिचार राखेका थिए ।

फाेटाे क्याप्सन : भेलामा शपथग्रहण गर्दै महिला नेतृहरु । (तस्बिर : उज्यालाे अभियान)