कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरु । (तस्बिर : सामाजिक संजाल)
ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–११, मा मंगलबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वडा कमिटी गठन गरिएको छ ।
तेजनारायण महतो अध्यक्ष रहने गरी पार्टीको ७१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । भेलाले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
पार्टीका नेता रामदुलार साहको अध्यक्षता तथा प्रदेश सभा सदस्य उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा आयोजित वडा भेलामा नेताहरु नागेश्वर महतो, दिनेश ठाकुर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई पार्टीको आगामी रणनीति लगायत बारेमा प्रशिक्षण समेत गराईएको बताईएको छ ।