हरिवन – नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन सर्लाहीको अध्यक्षमा पुनः शेख मेहबुब रेजा चयन भएका छन् ।
सदरमुकाम मलंगवामा मंगलबार सम्पन्न संगठनको दोस्रो जिल्ला अधिवेशनबाट रेजाको अध्यक्षतामा सर्वसम्मत रुपमा संगठनको ८१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । रेजा हरिवन नगरपालिका-११, को वडाध्यक्ष समेत हुन् ।
संगठनको उपाध्यक्षमा फुलमोहम्मद खाँ, सचिवमा गुलाम गौश मिकरानी, सहसचिवद्वयमा असफाक मिकरानी र मोहम्मद हदिस, कोषाध्यक्षमा सेख सकिल अहमद लगायत अन्य सदस्यहरु रहेका छन् । एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एमालेका मधेस प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्त, पार्टीका जिल्ला अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुर कुमार प्याकुरेल लगायतले मन्तव्य राखेका थिए ।
अनेरास्ववियूका नेता समिमबाबु पठानले संचालन गरेकाे कार्यक्रममा एमाले सर्लाहीका उपसचिव प्रकाश थापा, हरिवन नगरपालिकाकी उपमेयर रेणुका कुमारी पौडेल, नेता गीतानाथ मैनाली (केदार), नागेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।
फोटो क्याप्सन : नेपाल मुस्लिम इत्तेहाद संगठनको मलंगवामा भएको जिल्ला अधिवेशन उद्घाटन समाराेहमा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)