logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनकाे नाेचा स्थित विद्युत पाेलमा भारतीय माेटरसाईकल ठाेक्किँदा दुईजना गम्भिर


  • उज्यालो अभियान

हरिवन – सर्लाहीकाे हरिवन नगरपालिका अन्तर्गत नाेचा स्थित भित्री सडकखण्डकाे विद्युत पाेलमा माेटरसाईकल ठाेक्किँदा दुईजना गम्भिर घाईते भएका छन् ।

साेमबार राती साँढे ७ बजे हरिवन नपा-९ नोचास्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको भारतीय BR-30-V-8293 नम्बरकाे माेटरसाईकल विद्युत पोलमा ठक्कर खाँदा मोटरसाईकलमा सबार दुईजना घाईते भएका हुन् । प्रहरीका अनुसार दुर्घटनामा परि हरिवन नपा-३, डाबरी ढापटाेल निवासी रामचन्द्र कुशवाहाका छाेरा १८ वर्षीय किरण कुशवाहा र बसबरिया गापा-४, पछियारी टाेल निवासी रामकेवल रायकाे छाेरा १७ वर्षीय अरुण कुमार यादव गम्भीर घाईते भएका छन् । हरिवन स्थित नमूना अस्पतालमा सामान्य उपचार पश्चात् घाईतेहरुलाई थप उपचारका लागि वीरगंज पठाईएकाे छ । राती एक्कासी ठूलाे आवाज आएपछि स्थानीयबासीले हेर्दा माेटरसाईकल विद्युत पाेलमा ठाेक्किएर अड्किएकाे तथा दुईजना युवक सडकमा रक्ताम्मे भएर लडिरहेकाे अवस्थामा फेला पारेका थिए ।

फाेटाे क्याप्सन : विद्युत पाेलमा जाेत्तिएकाे माेटरसाईकल । (तस्बिर : उज्यालाे अभियान)