बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले साेमबार दिउँसाे ४ बजेर ८ मिनेटमा दाेस्राे क्वाटरफाईनल खेल विभागिय नेपाल पुलिस क्लब काठमाडाैं र सुदूरपश्चिम-११, धनगढीबीच सूरु भएकाे छ ।
स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा दुई टिमबीच खेल सूरु भएकाे आयोजक टिमका म्याच कमिस्नर दिपक लामाले जानकारी दिए । यसअघि नव जन जागृति फुटबल क्लब सिमरालाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकाे पुलिस क्लब र बाईमा परेकाे सुदूरपश्चिमबीचकाे खेल प्रतिष्पर्धात्मक हुने आयाेजककाे दाबी छ ।
सिमरालाई जीेतेकाे पुलिस टिम केही दिनदेखि सर्लाहीमै बसिरहेकाे थियाे भने सुदूरपश्चिमकाे टाेली आईतबार साँझ बागमती आईपुगेकाे थियाे । सर्लाहीकाे हरिवन निवासी नेपाली राष्ट्रिय टिमका चर्चित पूर्व स्ट्राईकर जुमनु राईकाे कप्तानी रहेकाे पुलिस र केही वर्षअघि नेपाली सेना आर्मी क्लबसँगकाे विवादपछि आयाेजक एवं दर्शकहरुकाे निकै माया पाईरहेकाे सुदूरपश्चिमबीचकाे खेल हेर्न दर्शकहरुकाे उल्लेख्य उपस्थिती रहेकाे छ । याे खेलकाे वीजयी टिम प्रतियाेगिताकाे सेमिफाईनल प्रवेश गर्ने हुँदा दुवै टिमका खेलाडीले भिडेर खेल्ने निश्चित छ । सुदूरपश्चिमले कैलालीमा नेपालकै सबैभन्दा ठूलाे पुरस्कार राशीकाे खप्तड गाेल्डकप फुटबल प्रतियाेगिता आयाेजना गर्दै आईरहेकाे छ ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग, एपीएफ क्लब एभिनिर फुटबल क्लब क्यामरुनसँग र हिमालयन शेर्पा क्लब काठमाडाैं पिप्ले युवा क्लब हेटाैंडासँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।