logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बृद्धाश्रममा नेपाल परिवारद्वारा मिष्ठान्न भोजन


  • उज्यालो अभियान

फाईल तस्बिर

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका-२ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवा आश्रममा आश्रीतहरुलाई मिष्ठान्न भोजन गराईएको छ ।

स्व. आमा भक्त कुमारी नेपालको ४६ औँ बार्षिक पुण्यतीथिको अवसरमा छोरा बुहारीहरु कृष्ण प्रसाद नेपाल, राधादेवी नेपाल, मदन नेपाल र साबित्रा नेपालले आईतबार आश्रममा मिष्ठान्न भोजन गराएका हुन् । आत्मज्ञान प्रचार संघको जिल्ला सह–संयोजक एवं संचारकर्मी समेत रहेका मदन नेपालले आमाको बार्षिक श्राद्धको पुण्यतीथिमा पुण्य आर्जन गर्ने उद्देश्यले आश्रममा आश्रीत बृद्धबृद्धा एवं केटाकेटिलाई एक छाक भोजन गराईएको बताए ।

यसैबिच, शान्तिदुत प्रेम रावतको सन्देश प्रचारप्रशार गर्ने संस्था आत्मज्ञान प्रचार संघ लालबन्दीको तर्फबाट आश्रमका संरक्षक समेत रहेका वासुदेव कोईरालालाई पुस्तक हस्तान्तरण गरीएको छ । भोजन ग्रहण पश्चात भिडियो प्रदर्शनी कार्यक्रम गरि पुस्तक हस्तान्तरण समेत गरिएको हो । प्रेम रावतद्वारा लिखित ‘हिअर योरसेल्फ’ नामक पुस्तक हस्तारण गरिएको सह–संयोजक नेपालले बताए । पुस्तक ग्रहण गर्दै कोईरालाले लामो समयदेखि प्रेम रावतको बारेमा सुन्दै आएको र ४ बर्षकै उमेरदेखि ज्ञान बाँड्न थालेका व्यक्तिद्वारा लिखित पुस्तक प्राप्त गरेकोमा खुसि प्रकट गरे । हाल ४८ जना आश्रीत रहेका बृद्धसेवाश्रममा हरेक दिनजसो विभिन्न व्यक्ति तथा संस्थाले कार्यक्रम गर्ने र भोजन गराउदै आएका छन् ।