logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

एकीकृत समाजवादी सर्लाहीद्वारा वार्ता टोली गठन


  • उज्यालो अभियान

हरिपुर – नेकपा एकीकृत समाजबादी सर्लाहीले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने बिषयमा आधिकारिक कुरा गर्न वार्ता टोली गठन गरेको छ ।

आईतबार हरिपुरमा भएको बिस्तारित पदाधिकारी बैठकले बार्ता कमिटी बनाएको हो । जिल्ला अध्यक्ष सुरेन्द्र लामा संयोजक रहेको बार्ता कमिटीमा देबेन्द्र राय, अन्जु पौडेल र गोबिन्द अधिकारी सदस्य रहेकोे सो पार्टीले जनाएको छ । स्थायी कमिटी सदस्य रामचन्द्र झाले बैठकमा निर्बाचन केन्द्रित भएर सकृय हुन कार्यकर्तालाई निर्देशन दिएको जिल्ला प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए ।झाले केपि ओली कम्युनिस्ट आदर्शबाट नै बाहिर गएकाले नेकपा एमालेको अलमलमा नपर्न आव्हान गरेका थिए । प्रचार प्रमुख वाग्लेका अनुसार बैठकले चैत १५ गते भित्र संगठन निर्माणको काम सक्ने, अन्य पार्टीसँग वार्ता भएपनि आवश्यक परे एक्लै उम्मेदवार दिएर जित्ने गरी निर्वाचनमा जुट्ने, पार्टी प्रचार विभागलाई पूर्णता दिने, चुनावसम्म पूर्ण समय पार्टीलाई प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता रहेको बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल, रबिन्द्र वैठा, डिल्ली उप्रेती, बेची लुंगेली, जमरुद्दिन मन्सुर, हरि सहनी, आरती लामा, गोबिन्द अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

(फोटो क्याप्सन : बैठकमा बोल्दै स्थायी कमिटी सदस्य रामचन्द्र झा तथा उपस्थित अन्य नेताहरु । (तस्बिर सौजन्य : चूडामणि वाग्लेकाे फेसबुक)