सांकेतिक तस्बिर ।
मलंगवा – सर्लाहीका छुट्टा-छुट्टै स्थानमा शुक्रबार भएकाे दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाईते भएका छन् ।
कबिलासी नगरपालिका-६ जमुनिया स्थित भित्री सडकखण्डमा पिपरियाबाट मदनपुर तर्फ जाँदै गरेको BR 30 Q 5292 नं. मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको BR06 CF 5357 नं. माेटरसाईकल शुक्रबार साँझ पाैने ५ बजे एक-आपसमा ठक्कर खाँदा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाईते भएका छन् । ५२९२ नं. मोटरसाईकल चालक कबिलासी नपा-२ पिपरिया निवासी राजेन्द्र रामको छोरा २८ वर्षीय धर्मेन्द्र रामकाे मृत्यु भएकाे हाे । टाउकोमा गम्भिर चोट लागेका धर्मेन्द्रलाई उपचार गर्दागर्दै जिल्ला अस्पताल मलंगवामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।
सोही मोटरसाईकल पछाडी सवार कबिलासी-२ निवासी बिन्देश्वर रामको छोरा २३ वर्षीय राजु राम, ५३५७ नं. मोटरसाईकल चालक चक्रघाटा गापा-५ परयाटोल निवासी मनोज यादवको छोरा ३० वर्षीय राजा कुमार यादव, साेही माेटरसाईकल पछाडी सवार देवधारी राय यादबको छोरा ३० वर्षीय हरिओम यादव गम्भिर घाईते भएका छन् । राजा कुमारलाई थप उपचारका लागि वीरगंज पठाईएकाे र अन्यकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेकाे छ ।
त्यसैगरि सर्लाहीको बागमतिमा शुक्रबार अपरान्ह म्याजिक भ्यानले मोटरसाईकललाई ठक्कर दिदाँ दुई जना घाईते भएका छन् । बागमति नगरपालिका-११ स्थितसन्तोष श्रेष्ठ स्मृति खेल मैदान अगाडि पुर्व-पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ना. १ ज २५०५ नम्बरको म्याजिकले विपरित दिशाबाट आउँदै गरेको बा. ७४ प ७५३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुईजना घाईते भएका हुन् ।
घाईते हुनेमा हरिवन नगरपालिका-१, केराबारीका २६ वर्षिय विमल राई र हरिवन नगरपालिकाकै वडा नं ८ का विकास भनिने विर बहादुर राई रहेका प्रहरीले जनाएको छ। घाईते दुवैजनाको हरिवन स्थित नमुना अस्पतालमा उपचार भएको छ। दुर्घटनामा संलग्न दुवै सवारी र म्याजिक भ्यानका चालक बागमति नगरपालिका–१, का ४० वर्षिय बेनी लुङ्गेली मगरलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।