बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले शनिबार दिउँसाे ४ बजेर १६ मिनेटमा सूरु भएकाे सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुन बीच खेलमा क्यामरुनले अग्रता लिएकाे छ ।
खेलकाे ३७ आै मिनेटमा क्यामरुनका कप्तान जर्सी नम्बर१० का राेनीले १ गाेल गरेका हुन् । जर्सी नम्बर ११ का मार्टीनले डिबक्सभित्र दिएकाे बललाई सशक्त प्रहार गर्दै राेनीले खेललाई १-० मा पुर्याए । ए डिभिजन लिग खेल्ने एपीएफ र अफ्रिकन खेलाडीहरुकाे मात्र एभिनिर फुटबल क्लब क्यामरुन बीचको खेल निकै प्रतिष्पर्धात्मक देखिएकाे छ । क्यामरुनकाे टिम दुईसाता अघिदेखि नै बागमतीमा आएर स्थानीय वातावरणमा प्रशिक्षणरत थियाे भने सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबका खेलाडीहरु समेत शुक्रबार नै सर्लाही आईसकेका थिए । एपीएफका खेलाडीहरुका तुलनामा क्यामरुनका खेलाडीहरु शारिरक रुपमा निकै बलिया र अग्ला कदका देखिएका छन् । एपीएफबाट पनि एकजना अफ्रिकन खेलाडी मैदानमा छन् ।
प्रतियाेगितामा एपीएफका खेलाडीलाई प्राेत्साहन दिन सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी बर्दिबासका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडामगर, सर्लाही प्रमुख सप्रउ भरत खनियाँ, राेतहट प्रमुख सप्रउ ध्रुब बहादुर कार्की, हरिवन बेस क्याम्प प्रमुख सप्रनाउ विकास भूजेल लगायत समेत खेल हेर्न उपस्थित छन् ।
फाेटाे क्याप्सन : बल आफ्नाे नियन्त्रणमा लिनका लागि प्रतिष्पर्धा गर्दै क्यमरुन (निलाे) र एपीएफका खेलाडीहरु । (तस्बिर : उज्यालाे अभियान)