हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, विष्णुपुरमा बुधबार एकैदिन तीनवटा सडकको उद्घाटन गरिएको छ ।
विभिन्न तीनवटा भित्री सडक ढलान सम्पन्न गरेर एकैसाथ उद्घाटन गरिएको वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिए । वडा कार्यालयबाट विनियोजन गरिएको २२ लाख रुपियाँबाट १५०, १३५ र २५ मिटर गरी तीनवटा सडक ढलान गरिएको वडाध्यक्ष पोखरेलले बताए ।
सडकको संविधान सभा सदस्य हरि उप्रेती, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती र हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । अत्यन्तै कच्ची अवस्थामा रहेको गाउँको भित्री सडक ढलान भएपछि स्थानीयवासी खुसी भएका छन् ।
बर्षायाममा ती सडकहरु हिलाम्मे हुँदा स्थानीयवासीलाई आवतजावतमै समस्या हुँदै आएको थियो । ढलान सडक उद्घाटनकै अवसरमा बुधबार नै विष्णुपुरस्थित विशेश्वर मन्दिर परिसरमा बिछ्याइएको ब्लकको पनि उद्घाटन गरिएको छ ।
फोटो क्याप्सन : ढलान सडकको उद्घाटन गरिँदै । तस्बिर : उज्यालो अभियान)