logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

समता स्कुल हरिवनद्वारा हाेली शुभकामना कार्यक्रम


  • उज्यालो अभियान

हरिवन – हरिवन स्थित समता स्कुलले हाेली पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरेकाे छ ।

आफ्नै भवन निर्माण भईरहेकाे स्थलमै विहिबार आयाेजित कार्यक्रम डाकुरनाथ खतिवडाकाे अध्यक्षता र प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा नेकपा एकीकृृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, उद्याेग वाणिज्य संघ हरिवनका अध्यक्ष माेहनलाल श्रेष्ठ, नेताहरु ईन्द्र पाठक, कृष्ण श्रेष्ठ, नानिराम पाैडेल, केशव गाैतम लगायतकाे उपस्थिती रहेकाे विद्यालयकी प्रिन्सिपल अविना बुढाथाेकी भट्टराईले जानकारी दिईन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव कार्कीकाे संचालन रहेकाे कार्यक्रममा स-साना विद्यार्थी भाईबहिनीहरुले नृत्य प्रस्तुती गरेका थिए । हरिवन नगरपालिका-११ मा १० कठ्ठा जग्गा २० वर्षका लागि भाडामा लिएर विद्यालयकाे भवन निर्माण सूरु भएकाे छ । हरिवनमा २०७३ सालमा समताकाे शाखा विद्यालय संचालनमा आएकाे हाे । दाताहरुकाे सहयाेगबाट भवन निर्माण गरिने हुँदा आर्थिक अभावका कारण निर्माण कार्यमा ढिलाई भईरहेकाे हुँदा यथाशक्य सहयाेग गर्न अध्यक्ष कार्कीले आग्रह गरे ।

कक्षा १ देखि स्नातकाेत्तर तहसम्म मासिक १०० रूपैयामै अंग्रेजी माध्यममा अध्यापन गराउने समता स्कुल काठमाडाैं सहित देशभर संचालनरत छ ।

फाेटाे क्याप्सन : कार्यक्रममा उपस्थित विद्यालयका शिक्षिकाहरु तथा अतिथिहरु । (तस्बिर : उज्यालाे अभियान)