logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीमा आज हाेलीकाे बिदा


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाले फागू पूर्णिमाको अवसरमा आज (बिहीबार) नगरभित्र सार्वजनिक बिदा दिएको छ ।

फागू पूर्णिमाको अवसरमा संघीय सरकारले तराई क्षेत्रका लागि भोली शुक्रबार एक दिन मात्रै बिदा दिएको भएपनि लालबन्दी नगरपालिकाले भने बिहीबार पनि थप एक दिन बिदाको घोषणा गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले बुधबार नै एक सूचना निकालेर बिहीबार नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था र वित्तीय संस्था समेतलाई बिदा दिइएको उल्लेख गरेका छन् ।

मिश्रित समुदायको बसोवास भएकाले लालबन्दी नगरपालिकाभित्र पहाडी र तराई भेगमा मनाइने दुवै दिन होली खेलिने हुँदा सोही अनुसार बिहीबार पनि बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाले बताए । रंगहरुको पर्व होली अर्थात् फागूपूर्णिमा बिहीबार पहाडी जिल्लामा र शुक्रबार तराई क्षेत्रमा मनाइँदै छ । यसैबीच, सर्लाहीका विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुले बुधबार नै एक आपसमा रंग, अबिर दलेर होली मनाएका छन् । बिहीबारदेखि विद्यालयहरु बिदा हुने भएपछि विद्यार्थीहरुले बुधबार नै होली पर्व मनाएका हुन् ।