logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजर्षि जनक कप : नेपाल पुलिस क्लब ५-० ले विजयी


  • उज्यालो अभियान

बागमती – सर्लाहीकाे बागमतीमा जारी छैठाैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत दाेस्राे दिन विहिबारकाे खेलमा नेपाल पुलिस क्लब ५-० गाेलले विजयी भएकाे छ ।

ए डिभिजन लिग खेल्ने विभागिए टिम नेपाल पुलिस क्लबले माेफसलकाे नव जन जागृति युवा क्लब सिमरामाथि सहजै जीत हात पारेकाे छ ।

खेल सूरु भएकाे २० आैं मिनेटमा पुलिसका जर्सी नं. १६ का साैजन राईले डिबक्स एरिया नजिकबाट प्रहार गरेकाे फ्रिकिक बलले सहजै सिमरा गाेलपाेष्टकाे जाली चुमाउँदै खेललाई १-० मा पुर्याए ।  त्यस्तै पुलिसका कप्तान जुमनुकाे पासमा जर्सी नम्बर १२ का रविशंकर पासवानले खेलकाे २८ आै मिनेटमा अर्काे गाेल थप्दै खेललाई २-० मा पुर्याएका थिए ।


मध्यान्तर लगतै ४६ आै मिनेटमा जर्सी नम्बर १४ का नीर कुमार राईले गाेल गर्दा पुलिसले ३-० काे अग्रता लियाे भने ५८ आैं मिनेटमा जर्सी नम्बर १२ का रविशंकर पासवानले अर्काे गाेल थप्दै खेललाई ४-० मा पुर्याए । ६३ आै मिनेटमा पुलिसका जर्सी नम्बर १५ का बुद्द बल तामाङले गाेल गर्दै ५-० काे गाेलान्तर पारे ।


विहिबारकाे खेलमा पुलिसका जर्सी नम्बर १२ रविशंकर पासवान म्यान अफ दि म्याच घाेषित हुँदै नगद १० हजार हात पारे । खेलमा सर्लाहीकै हरिवन निवासी जुमनु राई नेतृत्वकाे पुलिस टिम रविन ढुंगाना नेतृत्वकाे नव जन जागृति युवा क्लब विरुद्द निकै हाबी देखिएकाे थियाे । अब पुलिसकाे भेट सुदूरपश्चिम-११, धनगढीसँग चैत ७ गते हुनेछ । भाेली शुक्रबार एनआरटी काठमाडाैं र केबीए ग्लाेबल बीएफसी चितवनबीच खेल हुने म्याच कमिस्नर दिपक लामाले जानकारी दिए ।


प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम-११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।