logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस सर्लाही अधिवेशन : जिल्ला सदस्यमा पनि संस्थापनका सबै उम्मेद्वार विजयी (हेर्नाेस् लिष्ट सहित)


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत जिल्ला कार्य समितिमा समावेशी र भूगोलतर्फका सदस्यहरुको मतगणना पनि सम्पन्न भएको छ ।

सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा विहिबार बिहान समावेशी र भूगोलतर्फका जिल्ला कार्य समिति सदस्यहरुको मतगणना सम्पन्न भएको हो । भूगोलतर्फ सर्लाहीका ११ वटा नगरपालिकामा प्रत्येक नगरपालिकाबाट एक महिलासहित तीन जना, ९ वटा गाउँपालिकामध्ये विष्णु गाउँपालिकाबाहेक प्रत्येक गाउँपालिकामा एक महिलासहित दुई जना सदस्यहरु मतदानमार्फत निर्वाचित भएका छन् । विष्णु गाउँपालिकामा भने भूगोलतर्फका दुवै सदस्य यसअघि नै सर्वसम्मत चयन भइसकेका थिए ।

त्यस्तै, समावेशीतर्फ मधेशी, आदिवासी, जनजाति, थारु, खसआर्य, मुस्लिम, दलित, अपांग लगायतमा ३५ जना सदस्य निर्वाचित भएका छन् । कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि फागुन २८ गते शनिबार सदरमुकाम मलंगवामा मतदान भएको थियो । पदाधिकारीहरुको मतगणना मतदान भएको भोलीपल्टै आइतबार मध्यराती सम्पन्न भएपनि सदस्यहरुको मतगणना भने सोमबार बिहानबाट सुरु गरेर विहिबार बिहान बल्ल सम्पन्न भएको हो ।

कांग्रेस सर्लाहीको पदाधिकारीहरुमा एक जना उपसभापतिबाहेक अरु सबै उम्मेदवार संस्थापन पक्षबाट विजयी भएका छन् । कांग्रेस सर्लाहीको जिल्ला सभापतिमा शेखर कोइराला खेमाका लक्ष्मण रायलाई पराजित गर्दै संस्थापन पक्ष शेरबहादुर देउवा खेमाका सुरेन्द्र प्रसाद सिंहकाे प्यानल नै विजयी भएकाे हाे । एक उपसभापतिमा भने संस्थापन ईतरका नवीन अधिकारी एक्लाे निर्वाचित भएका छन् ।