logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

छैठौँ राजर्षि जनक कप आजदेखि, मधेश प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा बुधबारबाट छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको आयोजनामा मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिता चैत १३ गतेसम्म चल्नेछ । बागमती नगरपालिका–११, कर्मैयास्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगिताकाे मधेश प्रदेशका मुख्यमन्त्री माेहम्मद् लालबाबु राउत गद्दीले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे आयाेजक समितिका संयाेजक दिपक लामाले जानकारी दिए । बुधबार उद्घाटन खेलमा हिमालयन शेर्पा क्बल काठमाडौं र ध्रुबतारा स्पोर्टिङ क्लब झापाले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन खेल दिउँसाे साँढे ३ बजे सुरु हुनेछ । मनाङ मर्स्याङ्दी क्लब काठमाडाैंले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागिता नजनाउने जानकारी गराएपछि आयोजकले दमकलाई प्रतियोगितामा समावेश गरेको हो ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, धु्रवतारा स्पोटिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।