मलंगवा – नेपाली कांग्रेस सर्लाहीकाे १४ अाैं जिल्ला अधिवेशन अन्तर्गत सभापति सहित पदाधिकारीकाे मतगणना सम्पन्न भएकाे छ । आईतबार राती पाैने १२ बजे सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका सभापति उम्मेद्वार सुरेन्द्र प्रसाद सिंह सहित एकजना बाहेक उक्त प्यानलका संपूर्ण उम्मेद्वार विजयी भएका छन् । संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार विजयी भए ।
सभापतिमा विजयी सिंहले संस्थापन ईतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याए । ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकामा बदर बाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र पाए ।
त्यस्तै उप-सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) १ हजार ७६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४९३ मतका साथ विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र ईतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरे । उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी लाेकप्रिय मत ल्याउने डा. सराेज निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायका छाेरा हुन् ।
त्यस्तै सचिबमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनाेज यादव १ हजार ४२६ मतका साथ विजयी भए । ईतरबाट सचिबका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाए ।
त्सैगरी सह-सचिवमा संस्थापनकै ईन्द्र बहादुर याेञ्जन १ हजार ७११ र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन् । ईतरका सुर्य बहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्र १ हजार २३७ मत मात्र पाउँदा पराजित भए ।
आईतबार राती नै जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विजयी सभापति सिंह सहित पदाधिकारीलाई बधाई दिए । नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्दता जनाए । अन्तिम मतपरिणाम आएसँगै पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, प्रदेश उपसभापति एवं मधेश प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंह निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार राय लगायत नेताहरु मतगणनास्थल पुगेका थिए । संस्थापन पक्षका कार्यकर्ताहरुले मतगणनास्थल बाहिर
अब सदस्यहरुकाे मतगणना भने फागूपुर्णीमा (हाेली) पछि गर्ने कुरा आएकाे र साेमबार दुवैपक्षसँग छलफल गरिने निर्वाचन अधिकृत सिंहले बताए । शनिबार दिनभर भएकाे मतदान अन्तर्गत मतगणना भने शनिबार राती १ बजेबाट सूरु भएकाे थियाे ।
फाेटाे क्याप्सन : सभापतिमा विजयी सुरेन्द्र प्रसाद सिंह सहितका पदाधिकारी एवं कांग्रेस नेताहरु तथा अन्तिम मतपरिणाम सुनाउँदै निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंह । (तस्बिर : उज्यालाे अभियान)