logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमालेका जिल्ला नेताहरुलाई सम्मान


  • उज्यालो अभियान

जब्दी – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीमा सोमबार नेकपा एमालेको जिल्ला कमिटीका पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।


नवगठित जिल्ला कमिटीका पदाधिकारीहरुलाई एमालेको वडा कमिटीले अबिर र खादा पहि¥याएर सम्मान गरेको हो । कार्यक्रममा एमाले जिल्ला कमिटीका अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल, सचिव केदार खत्री, उपसचिव प्रकाश थापा र पार्वती विश्वकर्मालाई सम्मान गरिएको एमालेको वडा कमिटी लालबन्दी ३ ले जनाएको छ ।


सोही कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै फागू पूर्णिमाका अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ ।