logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस सर्लाही मतगणना अपडेट : क्षेत्र नं. १ काे गणना सकिँदा राय ५३ मतले अगाडी


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीकाे जारी मतगणना अनुसार क्षेत्र नं. १ काे खसेकाे सम्पूर्ण ८१६ मत गन्दा सभापतिमा लक्ष्मण रायले अग्रता ५३ मतले अग्रता लिएका छन् ।

८१६ मत गणना गर्दा रायले ४३३ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी सुरेन्द्र प्रसाद सिंहले भने ३८० मत पाएका छन् । त्यस्तै उप-सभापतिमा राय प्यानलका नविन अधिकारीले ४७९ र रविनन्दन चौधरी (पप्पु) ले ३७९ तथा सिंह प्यानलका डा. सरोज कुमार (राजु) ले ३९१ र शेख सदुल्लाहले ३३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा राय प्यानलका नरेन्द्र भट्राईकाे ४५९ र कृष्ण राज रायमाझीकाे ४१५ मत छ भने सिंह प्यानलका निरज कार्कीकाे ३७५ र मनोज कुमार यादवकाे ३३० मत रहेकाे छ । सह-सचिवमा राय प्यानलकै सुर्य बहादुर खड्काले ४४४ र दिनेश मिश्रले ३७७ मत पाएका छन् भने सिंह प्यानलका ईन्द्र बहादुर योन्जनले ४२६ र सुनिल कुमार कुशवाहले ३१८ मत प्राप्त गरेका छन् ।

मतगणना राती १ बजेबाट सूरु भएकाे हाे । क्षेत्र नम्बर एकबाट मतगणना सूरु गरिएकाे हाे । ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकाे थियाे । अब खाना खाएर क्षेत्र नम्बर २ काे मतगणना गरिने बताईएकाे छ । १ ठाउँमा मात्र मतगणना गर्दा परिणाम आउन निकै ढिलाई भएकाे छ । ८१६ मतगणनालाई झण्डै ८ घण्टा लागेकाे छ । याे हिसाबले पदाधिकारीकाे मात्र गणना सकिन अझै २४ घण्टा लाग्ने देखिएकाे छ ।