मलंगवा – नेपाली कांग्रेस सर्लाहीकाे जारी मतगणना अन्तर्गत २०० मत गन्दा सभापतिका उम्मेद्वार सुरेन्द्र प्रसाद सिंहले अर्का प्रत्यासी लक्ष्मण रायसँग मतान्तर घटाएका छन् । यसअघि क्षेत्र नम्बर १ काे ८१६ मत गन्दा लक्ष्मण रायले अग्रता ५३ मतले अग्रता लिएका थिए । २ काे २०० मत गन्दा सिंह रायभन्दा २८ मतले मात्र पछाडी परेका छन् । २०० मत गन्दा रायकाे निर्वाचन क्षेत्रमा सिंहले ११२ र रायले ८७ मत मात्र पाएका छन् । जम्मा १०१६ मत गन्दा रायकाे ५२० र सिंहकाे ४९२ पुगेकाे छ ।
त्यस्तै उप-सभापतिमा राय प्यानलका नविन अधिकारीकाे ५६६ र रविनन्दन चौधरी (पप्पु) काे ४६५ तथा सिंह प्यानलका डा. सरोज कुमार (राजु) ले ४९६ र शेख सदुल्लाहले ४२६ मत पुगेकाे छ ।
त्यस्तै सचिवमा राय प्यानलका नरेन्द्र भट्राईकाे ५४९ र कृष्ण राज रायमाझीकाे ५०६ मत छ भने सिंह प्यानलका निरज कार्कीकाे ४७४ र मनोज कुमार यादवकाे ४१४ मत रहेकाे छ । सह-सचिवमा राय प्यानलकै सुर्य बहादुर खड्काकाे ५२३ र दिनेश मिश्रकाे ४५८ मत पुगेकाे छ भने सिंह प्यानलका ईन्द्र बहादुर योन्जनले ५२२ र सुनिल कुमार कुशवाहले ४२५ मत प्राप्त गरेका छन् ।
मतगणना राती १ बजेबाट सूरु भएकाे हाे । क्षेत्र नम्बर एकबाट मतगणना सूरु गरिएकाे हाे । ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकाे थियाे । आईतबार दिउँसाे खाना खाएर क्षेत्र नम्बर २ काे मतगणना सूरु भएकाे हाे । थप अर्काे ठाउँमा ४ नम्बर क्षेत्रकाे समेत गणना सूरु हुन थालेकाे छ । एक ठाउँमा मात्र गणना गर्दा परिणाम आउन निकै ढिलाई भएपछि दुई ठाउँमा गणना सूरु गरिएकाे निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले जानकारी दिए ।