
कबिलासी – सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत भारतीय सिमाक्षेत्र सुरक्षार्थ खटिएकाे दुई छुट्टाछुट्टै टाेलीले लागूपदार्थकाे रुपमा प्रयाेग हुने गाँजा र काेरेक्स बरामद् गरेकाे छ ।
बाेर्डर आउट पाेष्ट (बीओपी) सखुहवाको टोलीले ब्रम्हपु्री गाउँपालिका-५ स्थित भारतीय सीमा क्षेत्र नजिक रहरघारीमा बोरा भित्र लुकाइराखेको अवस्थामा साँढे १४ किलो गाँजा बरामद् गरेकाे सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए । भारततर्फ लुकाईछिपाई तस्करी गर्न लागेकाे भन्ने विशेष सुराकीका आधारमा गाँजा बरामद् गरिएकाे सशष्त्र प्रहरीले जनाएकाे छ ।
त्यसैगरी बीओपी खुटौनाकाे टाेलीले मलंगवा नगरपालिका-१ भेडियाई ईलाकाबाट विहिबार नै १४८ बाेतल काेरेक्स बरामद् गरेकाे छ । भारतीय सिमाक्षेत्रबाट नेपालतर्फ काेरेक्स ल्याउँदै गरेका ४०/४५ वर्षीय पुरुष भने सशस्त्र प्रहरी गस्ती टाेलीलाई देख्ने बितिकै फरार भएका थिए । काेरेक्स हालेकाे बाेरा टाउकाेमा बाेकेर आउँदै गरेका ती पुरुष सशस्त्र प्रहरी टाेलीलाई देख्ने बितिकै बाेरा फालेर भारततर्फ भागेकाे सप्रउ खनियाँले जानकारी दिए । बाेरा खाेलेर हेर्दा १४८ बाेतल काेरेक्स फेला परेकाे थियाे ।
बरामद् गरिएकाे गाँजा र काेरेक्स आवश्यक कानूनी कार्बाहीका लागि विहिबार दिउँसै नेपाल प्रहरी समक्ष बुझाईएकाे सप्रउ खनियाँले जानकारी दिए ।
फाेटाे क्याप्सन : विहिबार सशस्त्र प्रहरीले बरामद् गरेकाे गाजा र काेरेक्स । (तस्बिर साैजन्य : सशस्त्र प्रहरी बल)