हरिवन – सर्लाहीकाे हरिवन स्थित हरिवन युवा क्लबले खेलाडीहरुलाई फुटबल जर्सी प्रदान गरेकाे छ ।
मंगलबार साँझ हरिवन नगरपालिका-९, डुम्रिघारी स्थित देउराली युवा क्लबका बालबालिकाहरुलाई फुटबल खेल्नका लागि १७ जाेर जर्सी प्रदान गरिएकाे क्लबका अध्यक्ष सुमन तिलक सिन्दालीले जानकारी दिए । डुम्रिघारीमै आयाेजित जर्सी लगायत खेल सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष सिन्दाली, कांग्रेस युवा नेता निरमुनी मैनाली, राजिव मास्के, नेपाल आयल निगम महेन्द्रनगर डिपाेका प्रमुख टीकाजंग थापा, समाजसेवी युवाहरु गाेविन्द बुढाथाेकी, सुदर्शन पाेखरेल, भुवन बराल लगायतकाे उपस्थिती रहेकाे थियाे ।
उक्त खेल सामग्री हरिवन नगरपालिका-९, दनुवारी निवासी समाजसेवी युवा ईश्वर महतले उपलब्ध गराएकाे र क्लब मार्फत हस्तान्तरण गरिएकाे अध्यक्ष सिन्दालीले जानकारी दिए ।
फाेटाे क्याप्सन : क्लबले हस्तान्तरण गरेकाे जर्सी लगाएका देउराली युवा क्लब डुम्रिघारीका खेलाडी तथा क्लबका पदाधिकारीहरु । (तस्बिर : उज्यालाे अभियान)