logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा ´बुट क्याम्प` प्रशिक्षण सूरु


  • उज्यालो अभियान

रिना आले/हरिवन - सर्लाहीको हरिवनमा प्रारम्भिक तथा स्थानिय निर्वाचन लक्षित ´बुट क्याम्प` प्रशिक्षण सूरु भएको छ ।

आइफीएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग, अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा माण्डवीको आयोजनामा हरिवन स्थित सम्राट होटलको सभाहलमा मंगलबारबाट प्रशिक्षण सूरु भएको हो । माण्डवी सर्लाही शाखाका कार्यक्रम अधिकृत मनिल क्षेष्ठको अध्यक्षता एवंम हरिवन नगर उपप्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा हरिवन नगरपालिकाका ११ वडाकै महिला वडा सदस्यहरुको सहभागिता रहेको छ । चार दिनसम्म चल्ने प्रशिक्षणको सहजिकरण माण्डवीकी प्रशिक्षक द्वय बनिता कार्की र समिर कुमार यादवले गर्नेछन् ।

प्रशिक्षणले स्थानिय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास गर्दै अझ बढि आत्माविश्वास महशुस गर्न र आफ्नो भुमिकालाई प्रभावकारी ढंगबाट निवार्ह गर्न टेवा पुर्याउने आयाेजक संस्थाकाे दाबी छ । कार्यक्रममा सहभागी प्रशिक्षार्थीहले आफुहरु जिम्मेवारीको नेतृत्वमा रहँदा र आउँदो स्थानिय निर्वाचनमा महिलाको समान पहुच स्थापित गर्न तालिम अर्थपुर्ण हुने भन्दै खुशी प्रकट गरेका छन् ।

फाेटाे क्याप्सन : प्रशिक्षण उद्घाटन समाराेहमा बाेल्दै उपप्रमुख रेणुका पाैडेल । (तस्बिर : उज्यालाे अभियान)