logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बागमतीले हरायाे ए डिभिजन च्याम्पियन मच्छिन्द्रलाई


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती यूवा क्लबले नेपालकाे ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई हराएकाे छ ।कैलालीकाे धनगढीमा जारी मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको क्वाटरफाईनल चरणकाे प्रतिष्पर्धामा मछिन्द्रलाई पराजित गरेसँगै माेफसलकाे बागमतीले सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ ।

निर्धारित समय र थप समयमा पनि खेल गाेलरहित बराबरी भएपछि बागमतीले लगतार दुईवर्ष ए डिभिजन लिग च्याम्पियन बनेकाे मच्छिन्द्रलाई ट्राईबेकरमा ४-२ गोल अन्तरले हराएको हो । जितसँगै बागमती यूवा क्लवले सेमिफाईलनमा फ्रेन्ड्स क्लबसँग भिड्नु पर्नेछ । फ्रेण्ड्सलाई हराए बागमती उपाधी नजिक पुग्नेछ ।

बागमती यूवा क्लवले पहिलो खेलमा ‘ए’ डिभिजन क्लब एनआरटीलाई पनि ट्राईबेकरमै ४–३ गोल अन्तरले पराजित गरेकाे थियाे । मोफसलको टिम बागमती यूवा क्लबले लगातार निकालेको जित यस क्षेत्रका खेलप्रेमीहरुका लागि गौरवको विषय भएको क्लबका सचिव कुमार प्रधानले बताए । आगामी प्रतियोगितामा पनि बागमती यूवा क्लब उच्च मनोवलका साथ मैदानमा उत्रने उनको प्रतिकृया दिए ।

मुलुककै सर्वाधिक राशीको खप्तड गोल्ड कपमा १० टोली सहभागी छन् । विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बागमती युवा क्लबले पनि सर्लाहीकाे बागमती स्थित स्व. सन्ताेष श्रेष्ठ स्मृति खेलमैदानमा हरेक वर्ष १० लाख राशीकाे राजर्षि जनक कप फूटबल प्रतियाेगिता आयाेजना गर्दै आईरहेकाे छ । यसवर्ष भने आगामी चैत २ गतेबाट उक्त प्रतियाेगिता सूरु हुँदैछ ।

फाेटाे क्याप्सन : बागमती युवा क्लबका खेलाडीहरु । (तस्बिर साैजन्य : सामाजिक संजाल)