logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

अनेमसंघ समाजवादीकाे जिल्ला नेतृत्व चयन


  • उज्यालो अभियान

लालबन्दी – नेकपा एकीकृत (समाजवादी) पार्टी निकट महिला संगठनकाे सर्लाही नेतृत्व चयन भएकाे छ ।

अनेम संघ (समाजवादी) सर्लाहीकाे आयाेजनामा आईतबार भएकाे भेलाले पदाधिकारी सहितकाे नेतृत्व चयन गरेकाे प्रदेश सभा सदस्य एवं समाजवनदी नेतृ बेची लुंगेलीले जानकारी दिईन् । भेलाले जिल्ला अध्यक्षमा रमा पाैडेल, उपाध्यक्षमा शर्मिला सिंह दनुवार र अन्जु साह तथा सचिवमा लिलि धिसिङलाई चयन गरेकाे छ ।

११२अौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे पूर्व सन्ध्यामा
लालबन्दी पार्टी प्यालेसमा महिलाहरुकाे भेला तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ गरिएकाे नेतृ लुंगेलीले जानकारी दिईन् ।

फाेटाे क्याप्सन : कार्यक्रममा उपस्थित नेताहरु । (तस्बिर : उज्यालाे अभियान)