logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनबाट चोरीका फरार अभियुक्त पक्राउ


  • उज्यालो अभियान

हरिवन – प्रहरीले सर्लाहीको हरिवनबाट चोरी तथा अन्य मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका ७ बस्ने ४२ वर्षीय गुना भन्ने गन्जलाल घिसिङ रहेका छन् । सर्लाही जिल्ला अदालतले १ महिना कैद र १ लाख १३ हजार २०० रुपैयाँ जरिवाना तोकेपछि घिसिङ फरार रहेका थिए । उनलाई विहिबार दिउँसो घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हाल हरिवन प्रहरीको हिरासतमा रहेका घिसिङलाई शुक्रबार नै सर्लाही जिल्ला अदालतमा पेश गर्ने प्रहरीको तयारी छ । हरिवन प्रहरीले फरार प्रतिवादीहरुको खोजी र पक्राउ कार्यलाई तीव्रता दिइरहेको छ ।