logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सशस्त्र प्रहरीद्वारा लत्ताकपडा बरामद्


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट सशस्त्र प्रहरीले करीव ६ लाख ४० हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. १७ च २३०१ नम्बरको म्याजिक भ्यान सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाही र सुरक्षा वेश क्याम्प धरहराबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा भन्सार छली लैजाँदै गरेको अवस्थामा सो भ्यानमा उक्त लत्ताकपडा बरामद गरेको हो । त्यसवेला उक्त भ्यान समेत बरामद गरिएको छ ।

बरामद लत्ताकपडा तथा भ्यान भन्सार कार्यालय सर्लाहीमा बुझाईएको छ । भ्यानको भन्सार दाखिला मुल्य १३ लाख ५० हजार रुपैयाँ रहेको छ ।