चितायन – सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनमा जारी अन्तर प्रादेशिक स्तरीय भलिबल प्रतियोगिताको शुक्रबार सेमिफाईनल चरणका खेल सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाईनल चरणको पहिलो खेलमा मिलन चाेक, सर्लाही र नयाँबजार काठमाडाैंबिच प्रतिस्पर्धा भएको थियो । जसमा नयाँबजार काठमाडाैं लगातार तिन सेटमा २५-१४, २५-२३ र २५-१६ को सोझो सेटमा विजयी भएको आयोजक लक्ष्मीनाथ युवा क्लब चितायनले जनाएको छ ।
त्यस्तै दोश्रो खेलमा स्व. केशवलाल स्मृति केन्द्र प्रतिष्ठान हेटौंडा र ग्लोबल निर्माण सेवा रोयल पिपरीया, सर्लाहीबिच भएको प्रतिस्पर्धामा लगातार २५-१९, २५-२३ र २६-२४ को तिन सेटमा ग्लोबलले विजय प्राप्त गरेको लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीले जानकारी दिए । शुक्रबारक दुवै विजेता टाेली फाईनल प्रतिष्पर्धामा पुगेका छन् । अब उनीहरूबीच प्रतियोगिताको उपाधिका लागि शनिबार भिडन्त हुनेछ ।
प्रतियोगिताको बिजेताले ७५ हजार र उपबिजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ वटा क्लबको सहभागिता रहेको छ ।