logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीकाे हजरियामा हेलिकप्टरबाट पुष्पवृष्टि


  • उज्यालो अभियान

हजरिया – सर्लाहीको बरहथवा नगरपालिका–३, हजरियामा आयोजित ११ दिने महारुद्र महायज्ञको अवसरमा बुधबार हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

महायज्ञ उद्घाटनको अवसरमा बुधबार नेकपा एमालेका स्थानीय नेता रामबाबु रायको विशेष पहलमा हजरिया क्षेत्रमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको हो । हजरियास्थित मठको जग्गामा आयोजित महायज्ञ फागुन २८ गतेसम्म संचालन हुनेछ ।

महायज्ञ आसपासको क्षेत्रमा बुधबार हेलिकप्टरमार्फत गरिएको पुष्टवृष्टि हेर्न स्थानीयको ठूलो भीड लागेको थियो । उद्घाटनकै अवसरमा बुधबार भव्य रुपमा कलशयात्रा समेत निकालिएको स्थानीयवासीले बताएका छन् ।

फाेटाे क्याप्सन : पुष्पवृष्टि गर्दै हेलिकप्टर । (तस्बिर : उज्यालाे अभियान)