फाईल तस्बिर
नयाँरोड – सर्लाहीको हरिवन नगरपालिका–९, विष्णुपुर निवासी माधव थापाले मंगलबार मानव सेवाश्रम नयाँरोडमा भोजनको प्रवन्ध मिलाएका छन् ।
थापाले आफ्नो जन्मदिनको अवसरमा मंगलबार बिहानको एक छाक भोजन गराउन मानव सेवाश्रमलाई ७ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । सडक मानवहरुको उद्धार गरेर पालनपोषण गर्दै आइरहेको सो आश्रममा जन्मदिन मनाउँदै सहयोग गर्न थापासँगै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, हरिवन नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेल लगायत पनि आश्रममा पुगेका थिए ।
यसैबीच, मलंगवा नगरपालिका–८, निवासी नारायण जोशीले स्वर्गिय श्रीमती प्रमिला जोशीको पहिलो वार्षिक पुण्य तिथीमा मंगलबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका वृद्धवृद्धालाई दिउँसोको खाजा खुवाएर आमाहरुलाई साडी, कुर्थासुरुवाल वितरण गरेका आश्रमले जनाएको छ । त्यस्तै, जुटपानी आश्रममै ललितपुर गोदावारी निवासी प्रतिमा श्रेष्ठले दिदी रमिला जोशी, भिनाजु कर्ण जोशीको उपस्थितिमा मंगलबार बिहान एक छाक आश्रमका बुवाआमाहरुलाई मिष्ठान्न भोजन गराएकी छन् ।