लालबन्दी – नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका नेता नवराज मिश्र र राधाकृष्ण प्याकुरेल पुनः नेकपा एमालेमै फर्किएका छन् ।
उनीहरु दुवै जना सोमबार बिहान पुरानै पार्टीमा फर्किएका हुन् । लालबन्दी निवासी मिश्र नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला उपसचिव र हरिवन निवासी प्याकुरेल जिल्ला कमिटीको सदस्य तथा युवा संघ नेपालको जिल्ला सचिव थिए ।
उनीहरुलाई सोमबार बिहान एमालेका केन्द्रीय सदस्य तथा सर्लाही जिल्लाका सहइन्चार्ज बद्री प्रसाद न्यौपाने, मधेस प्रदेश समितिका उपाध्यक्ष रेवती पन्त, जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेल लगायतले एमालेमा स्वागत गरेका छन् । आफ्नो पार्टीको समेत समर्थनमा संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि दुवै जनाले एकैसाथ पार्टी छाडेर एमालेमा नै फर्किएको घोषणा गरेका छन् ।