logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

माैरी पाल्न सिक्दै विद्यार्थी


  • उज्यालो अभियान

हरिवन – नेकपा एमाले सम्बद्द विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीले विद्यार्थीलाई माैरी पालन तालिम सूरु गरेकाे छ ।

हरिवन नपा-११ वडा कार्यालय स्थित सभाकक्षमा शनिबार आयाेजित एकदिने सैद्दान्तिक तालिममा १६ जना विद्यार्थी सहभागी थिए । माैरी पालक महासंघका केन्द्रीय लेखा संयोजक रवि कडरीया, केन्द्रीय सदस्य दुर्गा वहादुर खड्का लगायतले सहभागिलाई माैरी पालन सम्बन्धी सैद्दान्तिक कुराहरु जानकारी गराएकाे अनेरास्ववियु सर्लाहीका अध्यक्ष प्रज्वल ढुंगानाले बताएका छन् । अब केही दिनपछि फिल्डमै गएर सहभागिहरुलाई प्राक्टिकल अभ्यास गराईने र १६ जना सहभागिलाई सामुहिक रुपमा १५ वटा घार उपलब्ध गराउने याेजना समेत रहेकाे अध्यक्ष ढुंगानाले बताए ।

सह-सचीव रोशन दहालले सञ्चालन गरेकाे तालिम उद्घाटन समाराेहमा जिल्ला कमिटी सह-सचीव दिलिप बुढाथोकीले स्वागत गरेका थिए ।